नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५५ केन्द्रीय सदस्यले गरे सनाखत

काठमाडौँ । माधव नेपाल नेतृत्वको  पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन्।

 

बुधबार निर्वाचन आयोग पुगेर एसका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका हुन् ।

 

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।