सिन्धुपाल्चोकमा बस दुर्घटना : २ जनाको मृत्यु , ३२ जना घाइते

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बा.३ ख.८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

 

 

लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।