अछाममा बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।

 

 

पन्चदेवल विनायक नगरपालिका–६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक प्रवक्ता जनक बोहराले जानकारी दिएका छन् ।

 

 

भदौ ४ गते विनायक बजारबाट घर पुर्यादिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ। बालिकालाई भदौ ५ गते दिएको जाहेर अनुसार दुवै युवकलाई पक्राउ गरिएको हो ।

 

 

बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि एक हप्ताको म्याद थपिएको प्रहरी निरिक्षक प्रवक्ता वोहराले जानकारी दिए।