एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

 

 

बिहीबार मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 

 

उनकाअनुसार १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रया अगाडि बढाउनेबारे आज केन्द्रीय कमिटीमा छलफल हुनेछ।

 

 

पहिले माधवकुमार नेपाललाई साथ दिएका १० स्थायी कमिटी सदस्य पनि एमालेमै सक्रिय भइसकेका छन्। एमालेले मंसिरमा महाधिवेशन पनि तोकेको छ।