प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी

काठमाडौँ । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको आज बैठक बस्ने भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरे पछि पहिलो पटक आज बैठक बस्न लागेको हो ।

 

 

बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।

 

 

राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

 

 

 

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । तर हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।