प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको सपथग्रहण

काठमाडौँ । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।

 

 

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

 

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेको छ ।