प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौँ । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

 

 

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।

 

 

आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन्।

 

 

मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिर्वतन गरिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात प्रष्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।