भरुवा बन्दुुकसहित एक जना पक्राउ

काठमाडौँ । कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका जैसीविरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालेका प्रहरीले जनाएको छ ।

 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।