मोहम्मद आफताव आलमको मुद्दामा आज पनि सुनुवाइ नहुने

काठमाडौँ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोमगमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ ।

 

 

बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो ।

 

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।