सल्यानमा ४९ वर्षीय एक ब्यक्ति मृत फेला

काठमाडौँ । सल्यानमा ४९ वर्षीय एक ब्यक्ति मृत फेला परेका छन्।

 

 

दार्मा गाउँपालिका ५ का अँधेरीखोलाका बमबहादुर खत्री शुक्रबार बिहान सात बजेतिर मृत अवस्थामा फेला परेको हुन् ।
फारूला भन्ने ठाउँमा पैसा ल्याउन जान्छु भन्दै खत्री बिहीबार घरबाट निस्किएको खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

 

बिदामा बसेका सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापा खबर सुनेर बाँकेबाट तालिम प्राप्त कुकुरका साथ आइरहेको हुँदा आफूहरूले शव नछोएको प्रहरी निरीक्षक पौडेलले बताए।

 

झन्डै दुई महिना पहिला सोही ठाउँकै २८ वर्षीया खिमा खत्री खड्का पनि खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन्।