श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या

काठमाडौं। भोजपुर जिल्लाको षडानन्द नगरपालिका–९ किमालुङ्गमा ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका हुन् ।

 

 

उनले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

 

 

प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन् । आमालाइ खुकुरी प्रहार गरेको देखेपछि ८ बर्षिय छोराले स्थानीयलाई खबर गरेका थिए ।

 

 

 

घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको स्थानियले जनाएका छन् ।