नेपालमा थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि,थप २७ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १ हजार ८५७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

 

 

पछिल्लो २४ घण्टामा ९ हजार ४०९ जनाको पिसिआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

 

 

त्यस्तै, २ हजार २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ।

 

 

यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

 

 

हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ।