माधव नेपाल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेता बन्दै

 

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भएको छ । बानेश्वरस्थित अन्तर्राष्टिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आइतबार ११ बजे बस्न लागेको हो ।

 

सो बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ ।

 

सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए ।