नेकपा एसको संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक सुरू भएको हो ।

 

 

बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए। नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्। अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा रहेको र उनी छिट्टै नेपाल आउने बताए।