काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, स्कुल खोल्न नपाइने
काठमाडौँ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो निषेधाज्ञा हटाएका हुन्।
प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।
बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अस्पष्ट निर्णय गरेका हुन् । तर भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ । त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।