गोकुल बाँस्कोटाको क्षेत्रबाट निर्वाचित दुवै प्रदेश सांसद नेकपा ‘एस’ मा

काठमाडौँ । एमाले सांसद एवम् पूर्व मन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुबै प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी)  रोजेका छन्।

 

 

बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईँ दुवैले एकीकृत समाजवादी रोजेका हुन् ।

 

२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईँले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्।

 

एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन् तीनै १२ सांसदमध्ये २ जना गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका छन् ।