बाजुरामा एमालेका प्रभावशाली नेताद्वारा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश

काठमाडौं। नेकपा एमालेका प्रभावशाली नेताद्वारा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । बाजुरा जिल्लाकाे हिमाली गाउँपालिकामा प्रभावशाली मानिदै आएका नेता धर्मराज पाण्डेले एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

 

 

काङ्ग्रेस जिल्ला उपसभापति एवम् हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको उपस्थितिमा पाण्डेले नेपाली काङ्ग्रेसको सदस्यता लिएका छन् ।

 

 

पाण्डेलाई आगामी निर्वाचनमा एमालेको तर्फबाट हिमाली गाउँपालिकाको अध्यक्षका रूपमा हेरिदै आएको थियो ।

 

 

नेता पाण्डेले एमालेले कुरा मात्रै गरेको काम नगरेको भन्दै देशका लागि काङ्ग्रेस एक मात्रै विकल्प देखिएकोले आफूले एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको उनले बताए ।

 

 

पछिल्लो समय हिमाली गाउँपालिकामा काङ्ग्रेस प्रवेश गर्नेको लहर नै चलिरहेको नेपाली काङ्ग्रेसका स्थानीय नेताहरूले बताउने गरेका छन्।

 

 

अबकाे विकल्प भनेकाे नेपाली काङ्ग्रेस बाहेक अरू कुनै पनि पार्टी हुन नसक्ने भन्दै अन्य दलहरूमा रहेका नेता कार्यकर्ताहरू धमाधम काङ्ग्रेस पार्टी प्रवेश गरी रहेका छन्।