प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । शुक्रबार साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् ।

 

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

 

 

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।