अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने चार जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । आज सामाखुसीबाट चारजनालाई  प्रहरी पक्राउ  गरेको हो ।

 

 

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसी रहेको महानगरीय अपराध महाशाखाकाले बताएको छ ।

 

 

प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको छ ।