देशभरका केही स्थानहरुमा हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं। आज शनिबार देशभरका धेरै स्थानमा वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

 

 

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आँकलन गरिएको छ ।

 

 

 

राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी, आइतबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

 

देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। 

 

 

 

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।