माधव नेपालजस्तो लाज शरम पचेको मान्छे संसार मै कोही छैन : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले स्वार्थका लागि नयाँ पार्टी खोलेको आरोप लगाएका छन्।

 

 

 

भारतमा लंगुर र नेपालमा भुएँ भन्ने शब्द प्रयोग गर्दै ओलीले खान पायो कि त्यतै लाग्नेहरु भन्दै नेपाल समूहका नेता कार्यकर्तालाई व्यङ्ग्य गरे।

 

 

 

 

भुएँ लागेपछि यिनीहरु खान दौडिएका। अरु केही पनि होइन। अहिलेको सरकार भनेको यही लंगुरमा दौडिने सरकार हो, उनले भने। उनले माधव नेपालको पार्टीलाई व्यंग्य गर्दै थपे,पार्टीको नाम एस पार्टी रे। त्यो कांग्रेसको एस पार्टी हो।

 

 

 

ओलीले माधव नेपालजस्तो शरम पचाएको मान्छे संसारमा कतै नदेखेको बताए। माधव नेपालजस्तो यतिसम्म लाज शरम पचेको मान्छे जिन्दगीमा कहीँ पनि देखेको थिइन्।

 

 

 

नेपाल मात्र होइन, दुनियाँका धेरै देशमा म पुगेँ। तर माधव नेपालजस्तै शरम पचेको मान्छे कहीँ देखिनँ,उनले भने।