आज मिति २०७८ साल भदौ २१ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ ।

 

 

 

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

 

 

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।

 

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

 

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

 

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

 

 

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको लगानीले फाइदा होला ।

 

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ ।

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो।प। नारायणप्रसाद दुलाल