मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – १२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।

 

 

मेलम्ची९१२ बाहुनेपाटी र १३ मेलम्ची९जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए ।