अफगानिस्तानका अल राउण्डर ओमार्जाइले इपिएल खेल्ने

काठमाडौं । अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर अज्मतुल्लाह ओमार्जाइले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । सोमबार ललितपुर प्याट्रीओटसले अल अलराउण्डर ओमार्जाइ क्लबमा अनुबन्ध भएको जनाएको छ ।

 

 

९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने छ । प्रतियोगिता नजिकिँदै गर्दा सहभागी क्लबले खेलाडी अनुबन्धको क्रम बढाएका छन् ।

 

 

इपिएल ९-२३ असोजमा काठमाडौंस्थित कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्नेछन् ।