असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने
काठमाडौँ । काठमाडौँ उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड-१९ संक्रमणको अवस्था, शिक्षक(कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल बताइन् । त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने उनले जानकारी दिइन् ।
सोमबारको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए ।