रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न :राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले झाँक्रीलाई जवाफ फर्काएका हुन् ।

 

 

‘आफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकोबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन ?  देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ,’ ओलीले भने ।

 

 

झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री (ओली)  विरुद्ध जथाभावी बोलेको भन्दै तत्कालीन सरकारले गिरफ्तार गर्ने चर्चाकाबीच झाँक्रीले प्रदर्शनीमार्गमा बोल्न पाइन्छ भनेर प्रदर्शन गरेकी थिइन् । अहिले उनै झाँक्रीको दल नेकपा (एकीकृत समाजवादी)  सम्मिलित सरकारले छिमेकी देशका राष्ट्रप्रमुखविरुद्ध विरोध प्रदर्शन नगर्न र पुत्ला दहन नगर्न आग्रह गरेका बेला ओलीले झाँक्रीलाई प्रश्नसहित जवाफ दिएका हुन् ।