अखिल (क्रान्तिकारी) अछामको अध्यक्षमा साउद

काठमाडौँ । नेकपा (माओवादी) केन्द्र अखिल (क्रान्तिकारी) अछामको अध्यक्षमा लालबहादुर साउद चयन भएका छन् । अखिलको १४औँ जिल्ला सम्मेलनले साउदको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरेको हो ।

 

 

उपाध्यक्षमा पंकज साउद, हृदय तिमिल्सिना, पूजा बुढा र कमल थापा चयन भएका छन् भने सचिवमा चन्द्र भण्डारी छानिएका छन् । त्यस्तै, सहसचिव राकेश साउद, धनवीर नेपाली, रविन्द्र साउद, जगत शर्मा चयन हुँदा कोषाध्यक्षमा सरस्वती केसी छानिएकी छन् ।