पिएनजीविरुद्ध नेपाल डेब्यू खेलमै विक्रमले लिए दोस्रो विकेट

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका छन् । नेपालको लागि सुरुवाती दुवै विकेट डेब्यू खेलाडी विक्रमले लिएका हुन् ।

 

 

विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

 

 

यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी उरालाई आउट गराए । नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । चोथो ओभर समाप्त हुँदा पिएनजीले २ विकेट गुमाएर ९ रन जोडेको छ ।

 

 

पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।