एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए ।

 

‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उनले भने, ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।’

 

 

नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताएका उनले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गरे ।

 

 

यस्तै उनले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।

 

 

‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन्’ ओलीले भने ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’