चरेस र ओंतको छालासहित दुई व्यापारी पक्राउ

काठमाडौँ । चरेस र ओंतको छालाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

 

भेरी नगरपालिका–१२ को बारेलास्थित मुम्बई रिटन चाइनिज कर्नरमा बसिरहेका बारेकोट गाउँपालिकाको मैनाका गणेशबहादुर बस्नेत र हस्तबहाददुर बस्नेतलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

 

 

गणेशको साथबाट पाँच पोका चरेस फेला परेको प्रहरीको दाबी छ । हस्तको ओंतको चारैवटा खट्टासहितको छाला फेला परेको हो ।