‘एमसीसीबारे पार्टीले जनताको भावना अनुसार निर्णय गर्नुुपर्छ’

काठमाडौं । नेकपा एमालेका सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको धारणा मागेका छन् ।प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।

 

 

सांसदहरूले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताएका छन् । सांसदहरु निरुदेवी पाल, विमला विक, जुली महतो लगायतले जनताको भावना अनुसार निर्णय हुनुपर्ने बताए । बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक जारी छ ।