एमाले सांसदहरुको नाराबाजीपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुखले सोबारे जवाफ दिएपनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् ।

 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए ।

 

 

प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए । एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन् ।

 

अहिले १५ मिनेटका लागि सभामुखले प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।