चितवनमा एम.सी.सी. विरोधी प्रदर्शन वृहत् रुपमा सम्पन्न

चितवन । चितवनको माडी बसन्तपुरमा एम. सी.सी. को विरुद्धमा मसाल जुलुस सम्पन्न भएको छ। संयुक्त संघर्ष समिति माडीका संयोजक चन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले यो राष्ट्रघाती सम्झौता जनताको छातीमा बुट कुल्चिने हिसाबले आएको बताए। कार्यक्रममा सयौं जनताको उपस्थिति थियोे । संसदबाट यो विधेयक पारित भएको अवस्थामा ठूलो राष्ट्रले मूल्य चुकाउनु पर्ने भनाइ व्यक्त गरे।

 

 

कार्यक्रममा चितवनका संयुक्त संघर्ष समितिका सल्लाहकार ने.क.पा. क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज एवं वैकल्पिक केन्द्रीय सदस्य घननाथ सापकोटा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियोे ।

 

 

 

भरतपुरको चौबिसकोठीमा स्वतन्त्र युवाहरूको एक समुहले प्लेकार्डसहित एम. सी.सी. सम्झौताको विरोधमा प्रदर्शन गरेका छन् । नाराबाजीसहित करिब एक घण्टा भएको विरोधमा सयौं राष्ट्रवादी युवाहरुको उपस्थिति थियो।

 

संयुक्त संघर्ष समिति चितवनले चितवनबाट संघीय संसदमा निर्वाचित सांसदहरूलाई चिठी पठाएर धारणा सार्वजनिक गर्न अल्टिमेटम दिएको संघर्ष समिति सचिव परशुराम पौडेल अजिवले जानकारी दिए।