एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्न लागेको हो ।

 

 

बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 

 

एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए ।