सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौँ । सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।

 

 

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल जारी छ ।

 

 

मन्त्रिपरिषद विस्तार गर्नेलगायत विषयमा कुराकानी गर्न बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई छिटो पूर्णता दिनुपर्ने बताइरहेका छन्। देउवाले मन्त्रीहरूको नाम पनि दलहरूसँग माग गरेका छन्।

 

 

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार गठबन्धन बैठक जारी छ। बिहीबार पनि गठबन्धन बैठक बसेको थियो। गठबन्धन बैठकपछि मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।