पूर्वमन्त्री आलम विरुद्धको मुद्दा न्यायाधीश कार्की र फुयाँलको बेञ्चमा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दा पेशीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेञ्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको हो ।

 

 

रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा पूर्वमन्त्री आलम थुनामा परेका थिए । उनको बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् । उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।