एमाले सांसदको नाराबाजीबीच सभामुखले सदन अगाडि बढाए

काठमाडौेँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक चलाएका छन्।

 

 

शुक्रबारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। फेरि बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले अवरोध र नाराबाजी गरिरहेका थिए। उनले नेमकिपा सांसदलाई आर्थिक अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव अस्वीकार गर्न समय दिएका छन् ।

 

 

 

नेमकिपा सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीलाई स्वागत गर्न र अमेरिकालाई खुसी पार्न विरोध प्रदर्शन गर्नेमाथि ब्यापक दमन गरेको बताए । उनले नेमकिपाका नेता कार्यकर्तामाथि दमन भएको र कृष्णप्रसाद डमरुको टाउको गम्भीर चोट लागेको उल्लेख गरे । उनले एमसीसी पास गराउनेहरू भोली अफगानिस्तानका राष्ट्रपति भागेजस्तै भाग्नुपर्ने बताए ।