प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।

 

 

एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो ।

 

 

 

एमालेको नाराबाजीका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।