संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

 

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।

 

 

‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दावी गरे ।

 

 

शुक्रबार बजेट बजेट अध्यादेशका प्रतिस्थापन विद्येयक पेस गर्न बसेको संसद बैठकमा एमाले सांसदहरुले आवरोध गर्नुका साथै माइक खोसाखोस समेत भएको थियो ।