प्रधानसेनापतिद्वारा कार्कीलाइ दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं। नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी बालकृष्ण कार्कीलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन।
रथी कार्की बलाध्यक्षमा नियुक्ति भएका छन । साथै उनलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।