नेपालमा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि,थप १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् ।

 

 

यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन् ।