नेपालमा थप १४७६ जनामा कोरोना संक्रमण पुष्टि,थप ९ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण भएको छ। त्यस्तै, १ हजार ५५० संक्रमित निको भएका छन्।

 

 

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८१ जनाको मृत्यु भएको छ।यस्तै हाल २० हजार २८७ सक्रिय संक्रमित छन्।