नेपालमा २७ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

काठमाडौं । नेपालमा २७।६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।

 

 

 

मन्त्रालयका अनुसार खोपको पूर्ण मात्रा लगाउने कुल संख्या ६० लाख १४ हजार नौ सय ४१ छन् भने पहिलो मात्रा लगाउने ६५ लाख २८ हजार तीन सय ९२ पुगेका छन् ।

 

 

यस्तै खोप लगाउने महिलाको संख्या ३२ लाख नौ सय ९८ छ भने ४६ लाख नौ हजार ६ सय ६४ जना पुरुषले खोप लगाएका छन् ।