बाजुराको स्वामिकार्तिक गाउँपालिकामा एमाले र माओवादी परित्याग गरि २० जनाले गरे काँग्रेसमा प्रवेश

बाजुरा। बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा वडा नं. ४ वाईमा नेकपा एमाले र माओवादी पार्टी परित्याक गरि २० जनाले नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन्। नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेको लर्को नै लागेको स्थानीय बासिन्दाले बताएका छन्।

 

 

 

सो पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रसका महासमिति सदस्य तथा पूर्व सहायक भूमीसुधार राज्यमन्त्री जनकराज गिरीको उपस्थितिमा उनिहरूलाइ पार्टी प्रवेश गराइएको कर्णबिर कठायतले जानकारी दिए।

 

 

 

नेपाली कांग्रेसको चौधौं महाधिवेशन चलिरहेको बेला  स्वामिकार्तिक खापर गाउँपालिका वाईमा पार्टी प्रवेश गर्नेको लर्को लागेको र अन्य पार्टीबाट पनि प्रवेशको तयारी भइरहेको उनले जानकारी दिएका छन्।     

 

 

 

 नेपाली काँग्रेस पार्टी प्रवेश गर्नेमा पुर्ण बहादुर धामी,बिरमान भ्याल,दयालाल धामी,बिर्ख्या बिक,बिक्रम बिकलगाएतका २० जनाले प्रवेश गरेका छन्।