बाजुराको हिमाली गाउँपालिकामा काङ्ग्रेसको पालिका अधिवेशन सम्पन्न,सर्वसम्मत पदाधिकारी चयन

बाजुरा । केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेको गाउँपालिकामा सर्वसम्मत पदाधिकारी चयन नेपाली काङ्ग्रेस हिमाली गाउँ पालिकाको अधिवेशन सम्पन्न भएको छ ।

 

 

 

नेपाली काङ्ग्रेसको केन्द्रीय चौधौं महाधिवेशनको पूर्व सन्ध्यामा देशैभर नेपाली काङ्ग्रेसले अधिवेशन गर्दै आएको छ । त्यसैको पूर्वसन्ध्यामा नेपाली काङ्ग्रेस हिमाली गाउँपालिकाको सातौं पालिका अधिवेशन सम्पन्न भएको छ ।

 

 

 

गाउँ पालिकाको कार्यालय धुलाचौरमा असोज ९ गते अबेर उद्घाटन भएको कार्यक्रमले उम्मेदवारले दर्खास्त दिने समय १० गते बिहान ८ बजेसम्म दिएको थियो ।

 

 

 

त्यसपछि उम्मेदवारहरूलाई सहमति गर्न समय दिइयो । १० गते बेलुका अबेर भएपछि ११ गते बिहान नेपाली काङ्ग्रेसको विधान बमोजिम कोषाध्यक्ष पछि मनोनयन गर्ने गरि गाउँ कार्यसमिति पदाधिकारी चयन भएका छन् ।

 

 

 

गाउँपालिका कार्यसमिति आपसी छलफल र सहमतिका आधारमा चयन भएका छन् । सभापतिका १० जना आकांक्षी मध्य वडा नं ५ का वडा अध्यक्ष समेत रहेका अम्मलाल कार्कीलाई सर्वसम्मत चयन गरिएको छ ।

 

 

 

सभापति अम्मलाल कार्की उपसभापति जोग बहादुर भण्डारी उपसभापति तिर्थ बहादुर मल्ल सचिव विष्णुभक्त रावत सचिव कृष्ण पाडे सहसचिव विवेक रोकाया सहसचिव पदमलाल तिमिल्सिना सदस्य दिपचन्द्र उपाध्याय लगायत ५३ जनाको गाउँ कार्यसमिति गठन भएको छ ।

 

 

निवर्तमान गाउँ कार्यपालिका सभापति पर्वलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व माननीय बद्रीप्रसाद पाण्डे रहेका थिए ।

 

 

 

त्यस्तै विशिस्ट अतिथि हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सांसद रङ्गमती शाही र जिल्ला उपसभापति एवम् गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, महाधिवेशन प्रतिनिधि एवम् जिल्लाका प्रभावशाली नेता पदमबहादुर शाही र महाधिवेशन प्रतिनिधि विद्या तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।