पत्रकार महासंघ ललितपुर, सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारीबीचको छलफल कार्यक्रम सम्पन्न,सहज रुपमा सूचना दिन सिडिओको निर्देशन

काठमाडौं। नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको पहलमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका सूचना अधिकारीसँग पत्रकारहरूको छलफल कार्यक्रम सम्पन्न भएको छ।

 

 

ललितपुर जिल्लामा रहेका सरकारी कार्यालयसहित ६ वटै स्थानीय तहमा पत्रकारलाइ नै सूचना पाउन भइरहेको जटिलताको अन्त्य गर्न पत्रकार महासंघ ललितपुर शाखाले पहकदमी अगाडी बढाएको हो।

 

 

महासंघको पदाधिकारीसहितको टिमले प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई असोज पहिलो साता भेटेरै जिल्ला भित्र रहेका सरकारी कार्यलय र स्थानीयतहका सूचना सहज रूपमा पाउने व्यवस्था गरिदिन आग्रह गरिएको थियो ।

 

 

आज प्रमुख जिल्ला अधिकारी उपाध्यायले जिल्लामा रहेका सबै सरकारी कार्यालयकाका प्रमुख र सूचना अधिकारीलाई कुनैपनि सूचना सहज रुपमा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएकाे छ ।

 

 

 

जनताको सूचना पाउने हक अधिकारको सम्मान गर्ने भूमिकामा रहेका मिडियालाई सहज रुपमा सूचना दिन र वेवसाइटमा सूचना अधिकारीको नाम, मोबाइल नम्बर र इमेल अनिवार्य राख्ने र वेवसाइट नभएका सरकारी कार्यालयले तत्काल वेवसाइट बनाउन निर्देशन गरिएकाे छ। प्रत्येक महिनाको ४ गते सूचना अधिकारी,पत्रकार महासंघ र जिल्लाका क्रियाशील पत्रकारसहित बैठक बस्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएका छन्।     

 

 

त्यस्तै सहभागीहरूमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारी, पत्रकार महासंघका  अध्यक्ष  सागर न्याैपाने,उपाध्यक्ष रनसुर महतारा (रमेश), सचिव रामहरी कार्की, कार्यसमिति सदस्य रामशरण काफ्लेलगाएतकाे उपस्थिति रहेकाे थियाे भने जिल्लाका क्रियाशील पत्रकार र जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका पत्रकारहरुबीच छलफल भएको थियो। साे कार्यक्रम जिल्ला प्रशासन कार्यलयकाे सभाहलमा सम्पन्न भएकाे थियाे।