आज दिउँसो यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

 

 

यही आसाेज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई आसाेज ९ गते बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आसाेज १० गतेका दिन उडिसाको जमिनमा अवतरण (बिलमाबि) भई हाल न्यून चापिय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको महाशाखाले जनाएकाे छ।

 

 

यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको जानकारी अवगत गराउन चाहन्छौं।

 

 

 

हाल मौसमको अवस्था देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भएको छ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।