नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार बढी
काठमाडौं । नेपालका कोरोना भाइरस संक्रमणको सक्रिय संक्रमितको संख्या देशभर १८ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १०७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ।
कोरोना संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।