म एक्लो भएर आत्महत्या गर्छु भनेको होइन,तपाईहरुले भन्दिनुपर्योः प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका असंगत भाषणहरु आइरहेका छन् । जसको विरोध उनले आफ्नै पार्टीका कार्यकर्ताहरुबाट खपिरहेका छन् ।
प्रचण्ड फेरि तिनै भाषणहरुका स्पष्टिकरण दिँदै हिडिरहेका छन् ।
आज नेपाल बुद्धिजीवी संगठनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिजो हिजो मैले भाषण गरेको कुरालाई लिएर कतिले म एक्लै भएको र आत्महत्या गर्न गर्छु भनेको अर्थ लगाउनु भएछ ।
अध्यक्षले पार्टीले बलियो बनाउनलाई यस्तो भनेको भनेर तपाईहरुले भन्दिनुपर्छ ।
कार्यक्रममा छाटो भाषण गरेका प्रचण्डले अघिल्लो दिनको आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिएरै आफ्नो सम्बोधन अन्त्य गरेका थिए ।