सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं ।आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

बुधबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ६९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

 

 

 

बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।